
हेटौडा । मकवानपुरको हेटौंडाको हुप्रचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा मंगलबार पहिलो खेलमा बौद्ध भेट्रान्स काठमाडौ बिजयी भएको छ ।
बौद्धले एविसी भेट्रान्स पोखरालाई १–० गोल अन्तरले पराजित गरेको हो । बौद्ध भेट्रान्सको तर्फबाट खेलको ३०औ मिनेटमा पासाङ्ग लामाले गरेको गोलनै निर्णायक गोल बन्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच भने पासाङ्ग लामा भएका छन ।
त्यस्तै दोस्रो खेलमा चाहविल भेट्रान्स काठमाडौंले अभिषेक चर्च नवलपरासीलाई १–० ले हरायो । खेलको दशौं मिनेटमा अजब श्रेष्ठले गरेको गोल नै चाबाहिल भेट्रान्स काठमान्डौलाई जित दिलाउन प्रर्याप्त बन्यो । चावहिलकै राजेश शाहि म्यान अफ द म्याच चुनिए ।
तेस्रो खेलमा एक्स भेट्रान्स पोखरा र भनिमण्डल भेट्रान्स काठमाडौंबीचको खेलमा भनिमण्डल काठमान्डौ २–० गोल अन्तरले बिजयी भएको छ । भनिमण्डल भेट्रान्स काठमान्डौका लागी शुक्र तामाङले चौथो मिनेटमा र डम्वर बिक्रम शाहले १५औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच शुक्र तामाङ भए ।
त्यसैगरी चौथो तथा अन्तिम खेल अन्तर्गत सानो गौचरण काठमाडौं र मोरङ भेट्रान्सबीच खेलमा सानो गौचरण काठमाडौले मोरङ भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको छ । सानो गौचरणका लागी ३८औं मिनेटमा नितिन गुरुङ र ३९औं मिनेटमा नरेश श्रेष्ठले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नरेश श्रेष्ठ भए ।
यहि आउँदो माघ १० गते फाइनल हुने प्रतियोगितामा विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने छन् ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा