News भरतपुर मेयर कप फुटबल सुरु, पुलिस स्कुलको विजयी सुरुवात
गोलनेपाल

चितवन । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ । आजबाट सुरु भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल शान्तिपुरले विजयी सुरुवात गरेको छ ।

भरतपुर ७ कृष्णपुरको मैदानमा भएको खेलमा पुलिस स्कुलले चितवन माविलाई हराउँदै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक खेलमा चितवन मावि १-० ले विजयी भयो । अतिरिक्त समयको अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा चितवन मावि पराजित हुन पुग्यो ।

Post Comments