News
एसएमसी एसइइ कप हुँदै
काठमाडौं । सिद्धार्थ मल्टिपल कलेज, काठमाडौंको आयोजनामा यही असार ६ र ७ गतेका दिन एसएमसी एसइइ कप फुटसल प्रतियोगिता हुने भएको छ ।
बाफल, कलंकी स्थित फुटसल कोर्टमा हुने प्रतियोगिताको यही असार ४ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार र पूर्ण छात्रवृत्ति पाउने छन् । त्यस्तै उपविजेताले १५ हजार नगदसहित ७५ प्रतिशत छात्रवृत्ति पाउने आयोजक कलेजले जनाएको छ ।
त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ हजारसहित नगद ५० प्रतिशत्त छात्रवृत्ति पाउने आयोजकले जानकारी दियो । त्यसवाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बरहरु 9840165563, 9840266520 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- ठमेल ११ लाई प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि
- रुपन्देहीमा अन्तर माविस्तरीय अक्सफोर्ड नेपाल फुटसल कप हुँदै
- बुद्ध युवा क्लबलाई दोस्रो बेस्ट लाईफ कप रिकभरी फुटसलको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न