News दोस्रो एसओएस लुम्बिनी कप जेठ अन्तिम साता
सुरज राना मगर

भैरहवा । एसओएस लुम्बिनी युथ क्लब, भैरहवा, रुपन्देहीको आयोजनामा यही जेठ ३० र ३१ गतेका दिन दोस्रो एसओएस लुम्बिनी कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सिद्धार्थनगर स्थित भैरहवा फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको प्रचार प्रसार संयोजक बिकास न्यौपानेले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको संयोजक बिकास न्यौपानेले बताए ।

युवाहरुलाई खेलकुदको माध्यमबाट सही बाटोमा लाग्न र समाजप्रति उत्तरदायी बन्न प्रोत्साहित गर्ने उद्देश्यका साथ प्रतियोगितालार्य यस वर्ष पनि निरन्तरता दिइएको आयोजकले जनाएको छ ।

Post Comments