News हेटौडा मेयर कपः वडा न ७ र वडा नं ११ सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा जारी पाँचौ हेटौडा मेयर कप फुटबल प्रतियोगिताको सोमबार भएको क्वाट्फाईनलका खेलहरु बाट जित निकाल्दै वडा न ७ र वडा नं ११ सेमीफाईनलमा प्रबेश गरेका छन ।

सोमबार भएको पहिलो क्वाटरफाईनल खेलमा वडा न ११ ले वडा न १ लाई २–० गोल अन्तरले पराजित गरेर सेमीफाईनल प्रबेश गरेको हो । खेलमा बिजयी टिमका खेलाडी रोमन श्रेष्ठले उत्कृष्ट खेल खेल्दै दुई गोल गरेका थिए । दुई गोल गरेका रोमन नै खेलको म्यान अफ द म्याच घोषित भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।

यता दुई शुन्यले पराजित भएको वडा नं १ ले भने ११ नं वडाले नियम बिपरित अन्य वडाको खेलाडी अर्को खेलाडीको नाम मा अर्को खेलाडी खेलाएको भन्दै आयोजक समितिमा उजुरी परेको आयोजक कमिटिका सदस्य यज्ञ बहादुर रायले जानकारी दिनुभयो र उक्त उजुरिको छानबिन भैनसकेको र उक्त उजुरीको सुनुवाई मंगलबार हुने जानकारी दिनुभयो ।

त्यसैगरी सोमबार नै भएको दोस्रो क्वाटरफाईनल खेलमा वडा न ७ ले वडा नं १८ लाई एक शुन्यले पराजित गरी सेमीफाईनल प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भएको छ । निकैनै प्रतिसप्रधात्मक खेलमा वडा नं ७ का सुजन लामाले निर्णायक गोल गर्न सफल भए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै निर्णायक गोल गरेका सुजन लामा नै खेलको म्यान अफ द म्याच भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।

Post Comments