News
शहिद हेमनारायण गोल्डकप खेल्ने टोलीहरुको टुंगो लाग्यो

सिरहा । सलहेश युवा क्लब, सिरहाको आयोजनामा यही जेठ १९ गतेदेखि शुरु हुने शहिद हेमनारायण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको टुंगो लागेको छ ।
सिरहा क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितामा कुल आठ टोलीहरले सहभागिता जनाउने छन् । जसमा चत्यासा पुस्तकालय (झापा), चितलाङ्ग फुटबल क्लब (काठमाडौं), बागमती युवा क्लब (सर्लाही), गोलबजार स्पोर्टस क्लब (गोलबजार), गोल्डेन स्टार युथ क्लब (भलुवा, सुनसरी), गाईघाट फुटबल क्लब (उदयपुर), बिरगंज युनाइटेड (पर्सा) र आयोजक सलहेश युवा क्लब रहेका छन् ।
सिरहा नगरपालिकाको विशेष सहयोग र सिरहा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको खेलतालिका र पुरस्कार राशी बारे विस्तृत रुपमा आधिकारिक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईने आयोजकले जनाएको छ ।
Post Comments