मिक्लाजुङ । प्रभावशाली जितका साथ यहाँ सम्पन्न प्रथम सुन्दरी चोक कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि चुलाचुली स्र्पोटिङ क्लबले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा चुलाचुलीले एपिएफ पकलीमाथि ३–० को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । चुलाचुलीको जितमा श्याम मुर्मुले दुई गोल गर्दा थप एक गोल हेमन लिम्बुले गरे ।
सुन्दरी चोक टोल विकास तथा सरसफाई समिति, मिक्लाजुङ, मोरङको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको चुलाचुलीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता एपिएफले ५५,५५५ रुपैयाँमा चित्त बुझायो ।
चुलाचुलीका श्याम मुर्मु फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक चुलाचुली कै रोशन कार्की बन्दा उत्कृष्ट डिफेन्डर एपिएफका दिपेश धिमाल चुनिए । उत्कृष्ट मिडफिल्डर चुलाचुलीका हेमन लिम्बु घोषित हुँदा उत्कृष्ट प्रशिक्षक चुलाचुली कै अनिश बस्नेत चुनिए ।
सर्वाधिक गोलकर्ताको पुरस्कार भने चुलाचुलीका श्याम मुर्मुले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने एपिएफका सुजन पुलामी मगर घोषित भए ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय