News
रेलिगेशनबाट जोगिए श्री कुमारी र ब्रिगेड
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ आ–आफ्नो खेलहरुमा महत्वपूर्ण जित निकाल्दै ब्रिगेड ब्वाईज क्लब र श्री कुमारी क्लब रेलिगेशनबाट जोगिएका छन् ।
सोमबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाईजले च्यासल युथ क्लबमाथि ४–१ को जित निकाल्यो । ब्रिगेडको जितमा मुकुन्द निउरेले ह्याट्रिक गर्दा थप एक गोल रोमन श्रेष्ठले गरे । पराजित च्यासलका लागि भने कमल थिङले एक मात्र गोल फर्काएका थिए ।
उता श्री कुमारीले सरस्वती युथ क्लबलाई २–० ले पराजित गर्यो । श्री कुमारीको जितमा यमन महर्जन र मौसम राईले गोल गरे । यो जितपछि १५ अंक जोडेको ब्रिगेड ब्वाईज सातौं स्थानमा रहँदा १२ खेलबाट १६ अंक जोडेको श्री कुमारी तत्कालका लागि छैटौं स्थानमा रह्यो । उता ब्रिगेड ब्वाईजसँग हारेको च्यासल नवौं स्थानमा रहँदा सरस्वती दशौं स्थानमा छ ।
Post Comments
Related News
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने