News पाँचौं हेटौडा मेयर कपः वडा नम्बर ३ र वडा नम्बर ९ को जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हेटौंडा उपमहानगरपालीका नगर खेलकुद बिकास समितिको आयोजनामा हेटौडाको पिप्लेक्याम्पा रंगशालामा जारी पाँचौं हेटौडा मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिन वडा न ३ र वडा न ९ ले जित हात पारेका छन् ।

आइतबार भएको पहिलो खेलमा वडा न ३ ले वडा न १३ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । ३ न वडाको जितमा बिजय दोङ, निराजन मगर र निरभ घलानले एक–एक गोल गरे भने १३ नं वडाको लागि सान्त्वना गोल विशेष थिङले गरेका थिए । खेलमा बिजयी टिमका बिजय दोङ खेलको म्यान अफ म्याच भए ।

त्यसैगरी दोस्रो खेलमा वडा न ९ ले वडा न १६ लाई पेनाल्टि सुटआउटमा ४–२ ले पराजित गरेको छ । खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै दुईवटा पेनाल्टी वचाएका वडा न ९ का गोलरक्षक मन्दिप घलान खेलको म्यान अफ द म्याच घोषित भए उनले त्यसबापत नगद दुई हजार सहित ट्रफि प्राप्त गरे ।

हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १३ गतेका दिन हुनेछ ।

 

Post Comments