News
एपिएफ पकली सेमिफाइनलमा
मिक्लाजुङ । एपिएफ पकली, सुनसरी यहाँ जारी प्रथम सुन्दरी चोक कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
शहिद स्मारक खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा एपिएफले ध्रुवतारा स्र्पोटिङ क्लब, झापालाई ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
खेलमा एपिएफका पुष्पल राना प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ ५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल चुलाचुली स्र्पोटिङ क्लब, झापा र बेलबारी फुटबल क्लब, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।
सुन्दरी चोक टोल विकास तथा सरसफाई समिति, मिक्लाजुङ, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा