समूह जी बाट बेल्जियम र इजिप्ट नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ को समूह जी बाट बेल्जियम समूह विजेता र इजिप्ट समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा बेल्जियमले न्युजिल्याण्डमाथि ५–१ को प्रभावशाली जित निकाल्दा इजिप्टले इरानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।

यो नतिजापछि तीन खेलबाट समान ५–५ अंक जोडेका बेल्जियम र इजिप्ट क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । लगातार तीन बराबरी खेलेर तीन अंकका साथ तेस्रो स्थानमा रहेको इरानको उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ । त्यस्तै एक अंकका साथ पुछारमा रहेको न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ ।

Post Comments