International डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उपाधि जोगाउने अभियानका साथ मैदानमा उत्रिएको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार शुरुवात गरेको छ ।

बुधबार बिहान सम्पन्न समुह जे तर्फको पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को प्रभावशाली जित निकाल्यो । अर्जेन्टिनाको जितमा प्रेरणादायी स्टार कप्तान लियोनल मेसीले ह्याट्रिक गरे ।

मेसीले खेलको १७औं मिनटमा अर्जेन्टिनाका लागि पहिलो गोल गरे । पहिलो हाफसम्म १–० कै नतिजा कायम रह्यो । यद्यपि दोस्रो हाफको ६० र ७६औं मिनटमा लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्नुका साथै टोलीको शानदार जित पनि पक्का गरे । विश्वकपमा मेसीको यो पहिलो ह्याट्रिक समेत हो ।

समूह चरणको दोस्रो खेलमा अब अर्जेन्टिनाले जुन २२ तारीखका दिन अष्ट्रियासँग खेल्नेछ भने सोही दिन अल्जेरियाले जोर्डनको सामना गर्नेछ । स्मरण रहोस, समूह जे तर्फको दोस्रो खेलमा बुधबार राती जोर्डन र अष्ट्रिया भिड्दै छन् ।

Post Comments