International
मेक्सिकोलाई दशौंपटक कनकाफ गोल्डकपको उपाधि

काठमाडौ (एजेन्सी) । शुरूवातबाटै उपाधिको दावेदारका रुपमा रहेको साविक विजेता मेक्सिकोले कनकाफ गोल्डकपको उपाधी किर्तिमानी दशौंपटक जित्न सफल भएको छ ।
अमेरिकी शहर हुस्टनमा सम्पन्न फाइनलमा मेक्सिकोले घरेलुु टोली अमेरिकालाई २-१ ले हराउँदै उपाधी रक्षा गर्न समेत सफल भएको हो ।
खेलको चौथो मिनेट मै क्रीस रिचार्डसको गोलबाट अमेरिकाले खेलमा अग्रता लिए पनि घरेलु टोलीले त्यो अग्रता जोगाउन सकेन ।
उता मेक्सिकोका लागि २७औं मिनेटमा राउल जिमिनेजले बराबरी गोल फर्काए भने ७७औं मिनेटमा एडसन अल्भारेजले दोस्रो तथा निर्णायक गोल गर्दै मेक्सिकोको जित पक्का गरे ।
Post Comments