
काठमाडौं (एजेन्सी) । जारी फिफा क्लब विश्वकपतर्फ अर्जेन्टिनी क्लब रिभर प्लेटले आफ्नो पहिलो खेलमा जित हात पार्दा सोही समुहमा रहेको इटालिन महारथी इन्टर मिलान बराबरी रोकिएको छ ।
समूह ई तर्फको आफ्नो पहिलो खेलमा रिभर प्लेटले जापानी प्रतिद्वन्द्वी उरावा रेड डायमण्ड्सलाई ३–१ ले हरायो । सोही समूहको अर्को खेलमा इन्टर मिलानले भने मेक्सिकन क्लब मोन्टेरे रायाडोससँग १–१ को बराबरी खेल्दै अंक बाँडे ।
मोन्टेरेका लागि २५औं मिनटमा सर्जियो रेमोसले गोल गरेका थिए भने इन्टरका लागि ४२औं मिनटमा लौतारो मार्टिनेजले गोल फर्काएका थिए । समूहको दोस्रो खेलमा जुन २१ तारीखका दिन इन्टरले उरावा रेड डायमन्डससँग खेल्नेछ भने सोही दिन रिभर प्लेटले मोन्टेरेको सामना गर्नेछ ।
त्यस्तै समूह एफतर्फ जर्मन क्लब बोरुसिया डर्टमुन्डले ब्राजीलको फ्लुमिनेन्जसँग गोलरहित बराबरीमा रोकियो । सोही समूहको अर्को खेलमा दक्षिण अफ्रिकी क्लब मेमलोडी सनडाउन्सले दक्षिण कोरियाली कलब उल्सान हुन्डाई एफसीलाई १–० ले हरायो ।
अब समूहको दोस्रो खेलतर्फ २१ जुनका दिन मेमलोडीले डर्टमुन्डसँग खेल्नेछ भने सोही दिन फ्लुमिनेन्जले उल्सान एफसीको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागि कुल ३२ टोलीहरुलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।