मलेसियन लिगमा निशा र हिराको गोल
काठमाडौं । मलेसियनको शिर्ष महिला लिग खेलिरहेका नेपालका दुई अन्तर्राष्ट्रिय खेलाडीद्वय निशा थोकर र हिरा कुमारी भुजेलले आफ्नो टोलीका लागि गोल गर्दै महत्वपूर्ण अंक जोडेका छन् ।
निशा र हिरा सम्मिलित रेड इगल्स सकर क्लबले क्वालालम्पुर एफएसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो टोलीका लागि निशा र हिराले नै गोल गरेका थिए ।
स्मरण रहोस, रेड इगल्समा निशा र हिरा बाहेक अर्की नेपाली खेलाडी अनिता बस्नेत पनि आवद्ध छिन् । र, क्वालालम्पुर विरुद्ध यी तीनै खेलाडीले पहिलो रोजाईमा रहेर खेलेका थिए । खेलमा रेड इगल्सकी निशा प्लेयर अफ द म्याच समेत बनिन् ।
जारी लिगमा पहिलो बराबरी खेलेको रेड इगल्स चार खेलबाट ४ अंकसहित लिगतालिकाको चौथो स्थानमा छ । उता क्वालालम्पुर समान खेलबाट १ अंकसहित पाँचौं स्थानमा छ ।
Post Comments