एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा खेलाडी नै हुनुपर्ने कुरालाई प्राथमिकतामा राखेको युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् ।

मन्त्रीपरिषदको बिहीबार बसेको बैठकपछि मन्त्री पोखरेलले सो प्रतिक्रिया दिएका हुन् । उनका अनुसार एन्फालाई राजनैतिक भर्ती केन्द्र नबनाउने र नेतृत्वमा फुटबलप्रेमी वा खेलाडीलाई नै ल्याउने प्रतिक्रिया बताएका हुन् ।

पत्रकारसँग कुराकानी कै क्रममा मन्त्री पोखरेलले एन्फामाथि फिफा गरेको निलम्बनले सबै नेपाली दुःखित भएको बताए । साथै अब यहाँभन्दा तल जाने स्थान नरहेको प्रतिक्रिया समेत दिए ।

मन्त्री पोखरेलले एन्फा विरुद्धको भ्रष्टाचार, बेतिथी विरुद्ध पनि उजुरी परेको बताउँदै त्यसबारे पनि आवश्यक छानबिन गर्ने बताए । साथै, एन्फाको निलम्बन फुकुवा गर्न फिफा र एएफसीका प्रतिनिधिहरुसँग आवश्यक प्रयास र छलफल भईरहेको र यथाशिघ्र यसबारे निकास निस्कने पनि प्रष्ट्याए ।

Post Comments