बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
पिलुवा डगाह । बिरगन्ज युनाइटेड एफसीको आयोजनामा पिलुवा डगाहमा बालक तथा बालिकालाई लक्षित ग्रासरुट्स फुटबल कार्यक्रम उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। आईतवारबाट सञ्चालनमा आएको कार्यक्रममा स्थानीय बालबालिकाले आधारभूत फुटबल सीप, अनुशासन, टोली भावना र खेल संस्कृतिबारे प्रशिक्षण प्राप्त गरिरहेका छन्।
यस कार्यक्रमले गाउँस्तरमा लुकेका प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। प्रशिक्षक मुन्ना चौधरीको प्रत्यक्ष निगरानीमा भइरहेको प्रशिक्षणमा अभिभावक र स्थानीय समुदायको पनि उल्लेखनीय साथ र सहयोग रहेको छ। बिरगन्ज युनाइटेडले यस्ता ग्रासरुट्स कार्यक्रममार्फत नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्य राखेको छ।
हाल नेपाली फुटबल विभिन्न चुनौती र अन्तर्राष्ट्रिय प्रतिबन्धको चर्चाबीच रहेको अवस्थामा यस्ता ग्रासरुट्स कार्यक्रमहरू अझै महत्वपूर्ण बनेका छन्। भविष्यका सक्षम खेलाडी उत्पादन गर्ने बलियो आधार नै ग्रासरुट्स भएकाले यस्ता पहलहरूले नेपाली फुटबललाई दीर्घकालीन रूपमा मजबुत बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रतिस्पर्धी बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Post Comments
Related News
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने