बुढीगंगा वडा कपः वडा नम्बर ४ सेमिफाइनलमा

हात्तीमुडा । यहाँ जारी बुढीगंगा वडा कप वडास्तरीय नकआउट फुटबल प्रतियोगितातर्फ वडा नम्बर ४ ले जित हात पार्दै सेमिफाइनल स्थान सुरक्षित गरेको छ ।
शनिबार भएको दोस्रो क्वाटरफाइनलमा वडा नम्बर ४ ले वडा नम्बर ५ लाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । वडा नम्बर ४ का लागि सञ्जय खवास र गौरव चौधरीले गोल गरे । वडा नम्बर ४ कै गौरव चौधरी म्यान अफ दि म्याच समेत चुनिए ।
बुढीगंगा गाउँ युवा परिषद्, हात्तिमुडा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
Post Comments