
हेटौंडा । शहीद रुद्र पाखिन ,वासुदेव घिमिरेको स्मृतिमा आयोजित तेस्रो खुल्ला ८ ए साइड फुटबल प्रतियोगिता दोस्रो दिन पाच खेलहरु सम्पन्न भएका छन ।
मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा आईतबार बाट सुरु भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा उत्तम पानी एफ सी ले चौघडा एफ सी लाई दुई एक गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रबेश गरेको छ । पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका उत्तम पानी एफ सीका उर्जेन के सी खेलको म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा सयुक्त नव स्टार युवा क्लबले सनराईज युथ क्लब लाई पेनाल्टी सुटआउटमा १३ का बिरुद्ध १२ गोलले पराजित गरी दोस्रो चरणमा प्रबेश गरेको छ । दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका सनराईज युथ क्लबका सुरज थिङ खेलको म्यान अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा योन्जन ढुवानी सेवा ले एफ सी कालोपानीलाई तिन शुन्यले पराजित गरी दोस्रो चरणमा प्रबेश गरेको छ । उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका योन्जन ढुवानी सेवाका महेश वाईबा खेलको म्यान अफ द म्याच घोषित भए ।
चौथो खेलमा देवीडाडा युथ क्लबले अग्रसर युथ क्लबलाई दुई एक गोल अन्तरले पराजित गरि दोस्रो चरणमा प्रबेश गरेको छ । उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका देवीडाडा युथ क्लबका रोमन घलान खेलको म्यान अफ द म्याच घोषित भए ।
सोमबार भएको अन्तिम खेलमा सात नं बिहानी टिमले टिम २५ एफसी लाई दुई शुन्यले पराजित गरि दोस्रो चरणमा प्रबेश गरेको छ । उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका सात नं बिहानी टिमका अनिल थापा खेलको म्यान अफ द म्याच घोषित भए ।
मकवानपुरगढी गाउँपालिकाको कार्यालयको आयोजनामा भएको प्रतियोगिताको सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहेको छ ।

- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो