पाल्पामा कम्युनिटी कोचिङ कोर्ष हुँदै
सुरज राना मगर

तानसेन । पाल्पा जिल्ला फुटबल संघको आयोजना, अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग र तानसेन नगरपालिकाको सहकार्यमा पाल्पामा डी लेभलको कम्युनिटी कोचिङ कोर्ष हुने भएको छ ।

यही जेठ २३ देखि २६ गतेसम्म हुने चार दिने कोर्षका लागि यही जेठ ११ गतेसम्म नामदर्ता खुला गरिएको छ । साथै कोर्षमा छनौट भएका सहभागिहरुको नामावली जेठ १२ गते प्रकाशित गरिने पाल्पा जिल्ला फुटबल संघका उपाध्यक्ष प्रज्वल उदयले जानकारी दिए ।

कोर्षमा सहभागि हुन कम्तिमा एसइइ उत्तीर्ण, १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका प्रशिक्षार्थीहरु सहभागि हुन पाउने छन् । साथै सहभागि हुने प्रशिक्षार्थीहरु फुटबल खेलाडी वा फुटबल सम्बन्धि सामान्य ज्ञान भएको हुनुपर्ने पनि पाल्पा जिल्ला फुटबल संघका महासचिव सुजन थापा मगरले बताए । प्रारम्भिक छनौटमा परेका सहभागिहरुले आवेदन शुल्क वापत १० हजार बुझाउनुपर्ने पनि आयोजकले जनाएको छ ।

थप जानकारीका लागि सम्पर्क नम्बरहरुः

Post Comments