AFC/FIFA एएफसी यु–१७ एसियन कपः उपाधिका लागि साउदी अरेबिया र उज्वेकिस्तान भिड्ने
गोलनेपाल

काठमाडौं । एएफसी यु–१७ एसियन कपको फाइनलमा आयोजक साउदी अरेबिया र उज्वेकिस्तान उपाधिका लागि भिड्ने भएका छन् ।

दुवै टोली पूर्व विजेता पनि हुन् । साउदी अरेबियाले सन् १९८५ र १९८८ मा गरी दुईपटक यो उपाधि जितिसकेको छ भने उज्वेकिस्तानले सन् २०१२ मा यो उपाधि जितेको थियो ।

सेमिफाइनलतर्फ साउदी अरेबियाले गत संस्करणको उपविजेता तथा दावेदार दक्षिण कोरियालाई पेनाल्टी शुटआउटमा ३–१ ले हराएको थियो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

उता अर्को सेमिफाइनलतर्फ उज्वेकिस्तानले भने उत्तर कोरियामाथि ३–० को प्रभावशाली जित निकाल्दै फाइनल स्थान सुरक्षित गरेको थियो ।

फाइनल खेल आइतबार साउदी अरेबियाको तैफ शहर स्थित किंग फाद स्पोर्टस सिटी स्टेडियममा हुनेछ ।

 

Post Comments