Gorkhalis Abroad लायन तेल अविवलाई तेस्रो लेवर डे कपको उपाधि
गोलनेपाल

काठमाडौं । युथ स्पोर्टस एसोसिएशन, इजरायलको आयोजनामा अन्तर्राष्ट्रिय लेवर डे को अवसर पारी आयोजित तेस्रो लेवर डे कप फुटसल प्रतियोगिताको उपाधि लायन तेल अविव एफसीले जितेको छ ।

तेल अविव स्थित लेवेस्की फुटसल ग्राउण्डमा भएको फाइनल भिडन्तमा लायन तेल अविवले केवाइसी एफसीलाई ६–२ को फराकिलो अन्तरले हराउँदै उपाधि माथि कब्जा जमाएको हो ।

विजेता बनेको लायन तेल अविवले उपाधिसहित नगद ३ हजार इजारयली सेकल हात पार्यो भने उपविजेता केवाइसीले १५ सय सेकल सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विधागततर्फ नवराज विष्ट प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार राजिव राईले हात पारे । उत्कृष्ट रक्षक प्रताप लिम्बु बन्दा उत्कृष्ट गोलरक्षक सागर लिम्बु चुनिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी इजरायलका लागि नेपाली राजदुत कान्ता रिजाल लगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा इजरायलयमा रहेका नेपाली समुदायका कुल ६ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments