ANFA प्रथम सुन्दरी चोक कप शुरु, बिराटनगर स्पोर्टस एकेडेमीको विजयी शुरुवात
गोलनेपाल

मिक्लाजुङ । शनिबारदेखि शुरु भएको प्रथम सुन्दरीचोककप खुला नकआउट फुटबल प्रतियोगितामा बिराटनगर स्पोर्टस एकेडेमीले विजयी शुरुवात गरेको छ । विजयी शुरुवातका साथ बिराटनगर सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

मिक्लाजु–३ स्थित शहिद स्मृति खेलमैदानमा भएको उद्घाटन खेलमा बिराटनगर स्पोर्टस एकेडेमीले आयोजक सुन्दरीचोक फुटबल क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

बिराटनगरका लागि नवराज कार्की र अभिषेक गुरुङ्गले गोल गरे । पराजित सुन्दरीचोकका लागि भने दिलिप श्रेष्ठले फर्काएका थिए । खेलमा बिराटनगरका नवराज कार्की म्यान अफ दि म्याच घोषित भए ।

सुन्दरी चोक टोल विकास तथा सरसफाई समिति, मिक्लाजुङ, मोरङको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments