ANFA फाइनलमा रामपुर, उपाधिका लागि माथागढीसँग भिड्ने
सुरज राना मगर

सराई । यहाँ जारी माथागढी कप पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रामपुर नगरपालिका र माथागढी गाउँपालिका भिड्ने भएका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा रामपुर नगरपालिकाले उत्कृष्ट जित हात पार्दै फाइनल प्रवेश गरेपछि घरेलु टोली माथागढीसँगको उपाधि भट पक्का गरेको हो ।

माथागढी–३ स्थित सराई खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा रामपुरले तानसेन नगरपालिकालाई ४–२ ले हराउँदै फाइनल प्रवेश गरेको छ । खेलमा रामपुरका गौरव क्षेत्री म्यान अफ दि म्याच घोषित भए ।

रामपुरले अब यही बैशाख ३१ गते बुधबार हुने फाइनलमा आयोजक माथागढी गाउँपालिकासँग उपाधिका लागि भिड्नेछ ।

माथागढी गाउँपालिका युवा तथा खेलकुद विकास समिति, माथागढी, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि ५० हजार प्राप्त गर्नेछ ।

Post Comments