मिक्लाजुङ गाउँपालिकालाई उपाधि
गोलनेपाल

चुलाचुली । संघर्षपुर्ण सफलताका साथ यहाँ सम्पन्न प्रथम अध्यक्ष कप अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि मिक्लाजुङ गाउँपालिकाले जितेको छ ।

फाइनलमा चुलाचुली गाउँपालिकालाई टाईब्रेकरमा हराउँदै मिक्लाजुङ च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ मिक्लाजुङका लागि पदम मगरले गोल गरेका थिए भने चुलाचुलीका लागि किस्मत लिम्बुले गोल गरेका थिए । टाईब्रेकरमा भने मिक्लाजुङले चुलाचुलीमाथि ४–२ को जित निकाल्दै उपाधि चुम्न सफल भयो ।

विजेता बनेको मिक्लाजुङले उपाधिसहित नगद १ लाख हात पार्दा उपविजेता चुलाचुलीले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विधागततर्फ उत्कृष्ट गोलरक्षक मिक्लाजुङका सन्दिप लिम्बु बने ।

उत्कृष्ट डिफेन्डर चुलाचुलीका दिवस श्रेष्ठ बन्दा उत्कृष्ट मिडफिल्डर मिक्लाजुङका अनिल राई बने । सर्वाधिक गोलकर्ताको पुरस्कार प्रतियोगिताभरि पाँच गोल गरेका मिक्लाजुङका पारस भिमकले हात पारे ।

त्यस्तै उदियमान खेलाडी अनमोल राई चुनिदा प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी भने विजेता टोली मिक्लाजुङ गाउँपालिकाका प्रमोद नेपाली घोषित भए ।

 

Post Comments