ANFA
सूर्यपुर चितवन गोल्डकपको सेमिफाइनलमा
चितवन । एप्पल गुरु सूर्यपुर एफसी हानामी तेस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (आईतबार) भएको खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई ३-० ले हराउँदै सूर्यपुरले सेमिफाइनलमा स्थान बनाएको हो ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलमा सूर्यपुरलाई जिताउन शिशिर लेखी, लक्षु थापा र बिक्की चाम्लिङ राईले एक-एक गोल गरे । सूर्यपुरका सुमित श्रेष्ठ केल्मी प्लेयर अफ दि म्याच भए ।
प्रतियोगितामा भोलि (सोमबार) रेडहर्स एफसी ईलाम र देवदह ब्वाईज रुपन्देहीबीच खेल हुनेछ । ८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
Post Comments