Province 3 चित्लाङ र कुर्दन सेमिफाइनलमा प्रवेश
गोलनेपाल

पालुङ । चित्लाङ फुटबल क्लब र कुर्दन फुटबल एकेडेमी मकवानपुरमा जारी छैटौं थाहा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको दिनको पहिलो खेलमा चित्लाङले सक्रिय युवा क्लबलाई ४–० को अन्तरले हरायो । चित्लाङको जितमा सन्तोष गोङबाले दुई गोल गर्दा सुबराज गोले र कृष मालीले समान एक–एक गोल गरे । खेलमा चित्लाङका सुबराज गोले प्लेयर अफ द म्याच बने ।

त्यस्तै दिनको दोस्रो खेलमा कुर्दनले पारिजात स्मृति पुस्तकालयलाई २–० को अन्तरले पराजित गर्यो । कुर्दनका लागि अबिरल रिजाल र सुजित बुढाथोकीले गोल गरे । खेलमा कुर्दन कै सुजित बुढाथोकी प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत असार ५ गते शुक्रबार हुने दुई सेमिफाइनल अन्तर्गत पहिलो सेमिफाइनलमा शिखर क्लब र चित्लाङ एफसी भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा पाखुरे युवा क्लब र कुर्दन फुटबल एकेडेमी भिड्ने छन् ।

थाहा नगरपालिका, मकवानपुरको आयोजना तथा शिखर क्लब, शिखरकोटको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार ६ गतेका दिन हुनेछ ।

 

Post Comments