
शिवपुर । योङ ब्वाईज क्लब र शिवपुर फुटबल क्लबको संयुक्त आयोजनामा सोमबारदेखि प्रथम योङ ब्वाईज कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
तिलोत्तमा–११ स्थित शिवपुर माविको खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन सुनवल एफसी र डिएफसीले विजयी शुरुवात गरे ।
पहिलो खेलमा सुनवलले खस्यौली एफसीले पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा सुनवल ७–६ ले विजयी बन्यो ।
दोस्रो खेलमा डिएफसीले लाङ्घाली एफसीलाई ४–१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको प्रचार प्रसार संयोजक रोहन कार्कीले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर ११ का वार्ड अध्यक्ष बिष्णु बराल क्षेत्रीले गरेका थिए ।
आउँदो असार २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।