नवलपरासीमा मधु स्मृति कप असार ११ गतेदेखि (पत्रसहित)
सुरज राना मगर

सुनवल । साविक रामनगर गाउँपालिका वार्ड नम्बर ५, हाल सुनवल नगरपालिका वार्ड नम्बर–११, नवलपरासी निवासी पूर्व खेलाडी गुन बहादुर खवास (मधु) को स्मृतिमा यही असार ११ गतेदेखि प्रथम मधु स्मृति कप हुने भएको छ ।

सुनवल–११, जर्गाहा स्थित जर्गाहा रंगशालामा हुने प्रतियोगिताको यही असार ८ गतेसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुलक ३५०० तोकिएको आयोजक समितिका प्रकाश अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका प्रेम दर्लामीले जानकारी दिए ।

प्रतियोगिताबारे पत्र पनि हेर्नुहोसः

 

Post Comments