दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । हिमालयन एफसीको आयोजनामा आउँदो साउन २२ र २३ गतेका दिन दोस्रो हिमालयन फुटसल गोल्डकप फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।

भाटभटेनी हेल्थ क्लबमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजकले जानकारी दियो । आयोजकका अनुसार प्रतियोगिताको पुरस्कार राशीतर्पm मात्रै ४ लाख ५० हजार छुट्याइएको जानकारी दियो ।

जसअनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फेयर प्ले टिमले २० हजार हात पार्दा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही १०–१० हजार प्रदान गरिने आयोजकले जानकारी दियो । त्यसवाहेक उत्कृष्ट म्यानेजर र प्रशिक्षकलाई जनही ५–५ ले पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ ।

Post Comments