South Asia ‎साफ युथ च्याम्पियनसिपमा नेपालको चुनौती सेमिफाइनलबाट समाप्त
गोलनेपाल

काठमाडौं । भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको चुनौती सेमिफाइनलबाट समाप्त भएको छ ।

शुक्रवार अरुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशसँग १-२ को हार बेहोर्दै सेमिफाइनलबाटै बाहिरिएको हो ।

समूह बी मा रहँदै समूह उपविजेताका रुपमा भारतसँगै अन्तिम चारमा स्थान बनाएको नेपालले सेमिफाइनलमा भने अपेक्षाकृत नतिजा हात पार्न सकेन ।

शुक्रबार नै हुने दोस्रो खेलमा आयोजक भारतले तुलनात्मक रुपमा कमजोर आँकिएको माल्दिभ्ससँग दोस्रो सेमिफाइनल खेल्दैछ ।

Post Comments