Province 1
योङ लर्ड बुद्ध सेमिफाइनलमा

पानबारी । रोमाञ्चक जित हात पार्दै दि योङ लर्ड बुद्ध क्लब यहाँ जारी दोस्रो पानबारी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइ तबार भएको दोस्रो क्वाटरफाइनलमा चात्या सा पुस्तकालय, दमकलाई २–१ ले हराउँदै योङ लर्ड बुद्ध अन्तिम चारमा प्रवेश गरेको हो । योङ लर्ड बुद्धका लागि निरज परियार र पुजन चौधरीले गोल गरे । पराजित चात्या साका लागि आदित्य शाक्यले गोल फर्काएका थिए ।
खेलमा योङ लर्ड बुद्धका पुजन चौधरी प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २९ गते सोमबारको खेल पानबारी फुटबल क्लब र गाईघाट फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
Post Comments