Province 1
पाँचौं अध्यक्ष कप: केराबारी ५ यु-१९ महिला टोली सेमीफाइनलमा
केराबारी | केराबारी ९ यु-१९ महिला र केराबारी ५ यु-१९ महिला को खेल १-१ गोलको बराबरीमा टुङ्गिएको थियो र पेनाल्टी सुटआउटमा २-१ गोलको अन्तरले केराबारी ५ सेमिफाइनल मा प्रवेश गरेको छ। र आज भएको पुरुष तर्फको खेलमा केराबारी ६ यु-१७ ले ४-३ को अन्तरले केराबारी ४ यु-१७ लाई हराउँदै क्वार्टर फाइनल मा प्रवेश गरेको छ
आइतबार भएको महिलातर्फको खेलमा पहिलो हाफमा पेनाल्टी मा अस्त बुढाथोकी ले अग्रता दिलाएकी थिइन् र दोस्रो हाफमा रोजिना मगरले उत्कृष्ट गोल गर्दै खेललाई बराबरी बनाएकी थिइन्। र पेनाल्टी सुटआउटमा उत्कृष्ट बचाउ गर्दै प्रकृति राई वार्ड नं ५ को लागि भाग्यशाली रहेन र यस खेलको म्यान अफ दि म्याच पनि प्रकृति राई चुन्इन।
पुरुषतर्फको खेलमा पहिलो हाफमा केराबारी ६ को लागि पदम भुजेलले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक सुनिलले अग्रता लिएको केराबारी केराबारी ६ दोस्रो हाफमा भने दुवै टोलीबाट ३-३ गोल गर्न पुगे। केराबारी ४ लाइ ३-४ गोल अन्तरले हराउँदै केराबारी ६ क्वाटर फाइनलको यात्रा गरेको छ। र म्यान अफ दि म्याच युकेश मगर घोषित भए ।
प्रतियोगिता अन्तर्गत चैत २५ गते सोमबारको महिलातर्फ खेलमा केराबारी ६ र केराबारी ३ हुने यसैगरी पुरुषतर्फको खेल केराबारी ३ र केराबारी १० हुने आयोजकले जानकारी दियो।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा