News बिराट भेट्रान्स र भरौल भेट्रान्स क्वाटरफाइनलमा
गोलनेपाल

विराटनगर । तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता २०८२ को दोस्रो दिनको पहिलो खेलमा बिराट भेट्रान्स फुटबल क्लबले २–० को अन्तरले धरान पुर्बेलि भेट्रान्स फुटबल क्लबलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलको म्यान अफ दि म्याच बिराट भेट्रान्स फुटबल क्लबका रमेस बस्नेत भएका छन् ।

त्यसैगरी आइतबार नै भएको दोस्रो खेलमा भरौल भेट्रान्स फुटबल क्लबले १–० को अन्तरले उर्लाबारी भेट्रान्स फुटबल क्लबलाई हराउँदै क्वाटरफाइनलमा पुग्न सफल भएको छ । दोस्रो खेलको म्यान अफ दि म्याच भरौल भेट्रान्स फुटबल क्लबका स्माइलि मिया चुनिए ।

मिल्स भेट्रान्स क्लब, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल जेठ ३ गतेका दिन हुनेछ ।

Post Comments