
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २०औं साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नक्सालस्थित क्राउन प्लाजा होटलमा बिहीबार सम्पन्न चुनावी साधारणसभाबाट अधिकारीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो । अध्यक्ष पदमा अधिकारीले आफ्ना प्रतिस्पर्धी प्रकाश तिमिल्सिनालाई हराए ।
अधिकारीले ४५ मत ल्याए । तिमिल्सिनाले भने ३५ मत पाए । महासचिवमा अञ्जन खड्काले आफ्ना प्रतिद्वन्द्वी राजु घिसिङलाई पछि पारे । खड्काले ५१ र घिसिङले २८ मत प्राप्त गरे । सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए । उनले ५१ मत र उनका प्रतिद्वन्द्वी गोविन्दराज नेपालले २८ मत पाए । प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षमा सञ्जीव सिल्पकार, गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए ।
कोषाध्यक्षमा मुना कार्की र महिला सदस्यमा नमिता दाहाल पनि निर्विरोध चयन भए । अन्य तीन सदस्यमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भएका छन् । सुवेदीले ५७, कविरसले ५४ र जोशीले ३९ मत पाए । यो कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रमाणपत्र दिए ।
मुख्य निर्वाचन अधिकृत दाहालकै नेतृत्वमा तीन सदस्यीय समितिले निर्वाचन गराएको हो । अध्यक्षमा निर्वाचित भएपछि अधिकारीले खेलकुद पत्रकारितालाई नयाँ उचाइमा पु¥याउन अघिल्ला समितिले गरेको रचनात्मक कार्यक्रमलाई थप बढवा दिने प्रतिबद्धता व्यक्त गरे ।