काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ बुधबार झापा फुटबल क्लब र सरस्वती युथ क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा झापाले बाँसबारी क्लबलाई २–० ले हरायो । झापाका लागि शेर बहादुर धिमाल र असिम जंग कार्कीले गोल गरे ।
यो नतिजापछि झापाको १० खेलबाट १२ अंक भएको छ । र, लिगतालिकाको पुछारतिर भए पनि केही राहत मिलेको छ । पराजित बाँसबारीको खातामा भने १५ अंक छ र शिर्षताको होडबाट बाहिरिने सम्भावना बलियो बनेको छ ।
बुधबार नै भएको अर्को खेलमा सरस्वतीले ब्रिगेड ब्वाईज क्लबलाई ३–१ ले पराजित गर्यो । सरस्वतीको जितमा विशेष लामा, फत्तेमान घले र विज्ञान खड्काले गोल गरे । पराजित ब्रिगेडका लागि भने अभिषेक राना मगरले एक मात्र गोल फर्काएका थिए ।
यो जितपछि १० खेलबाट ९ अंक जोड्दै सरस्वती लिगतालिकाको १२औं स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ब्वाईज भने १२ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन