News सुनवल मेयर कप बैशाख २२ गतेदेखि (खेलतालिकासहित)
सुरज राना मगर

सुनवल । सुनवल नगरपालिका, नवलपरासीको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आइरहेको मेयर कप नगर स्तरिय फुटबल प्रतियोगिताको आठौं संस्करण यस वर्ष सुनवल नगरपालिका वडा नं ७ मा हुने भएको छ ।

सुनवल नगरपलिकाको आयोजना तथा मेयर कप फुटबल प्रतियोगिता संचालन तथा व्यवस्थापन उपभोक्ता समिति सुनवल–७ सहयोगी संस्था रहेको प्रतियोगिता यही वैशाख २२ गते देखि जेठ ४ गतेसम्म हुनेछ । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संचालन तथा व्यवस्थापन उपभोक्ता समितिका संयोजक ओमप्रकाश बाह्रघरेले जानकारी दिए ।

प्रतियोगितामा सुनवल नगरपालिकाका १३ वटै वडाका १३ टिम र आयोजकको १ टिम सहित १४ टिम सहभागिता रहने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले ९० हजार तथा तेस्रो र चौथो हुने टिमले क्रमश २५–२५ हजार नगद सिल्ड र प्रमाण प्राप्त गर्ने संयोजक बाह्रघरेले जानकारी दिए ।

 

Post Comments