काठमाडौं । रोमाञ्चक र प्रतिस्र्धात्मक जितका साथ तेस्रो नेपाल सुपर लिगको उपाधि साविक विजेता ललितपुर सिटी फुटबल क्लबले जित्दै उपाधि रक्षा गर्न सफल भएको छ ।
शनिबार भएको उपाधि भिडन्त फाइनल खेलमा ललितपुरले पोखरा थन्डर्स एफसीलाई २–१ ले हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा शुरुवाती अग्रता ललितपुरले नै लिएको थियो ।
खेलको ४२औं मिनटमा इमोह इजिकेलको गोलबाट ललितपुरले अग्रता बनाए तापनि त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । दोस्रो हाफको ६४औं मिनटमा सुदिल राईले पोखराका लागि बराबरी गोल फर्काए ।
रोमाञ्चक बनेको दोस्रो हाफको खेलमा पोखराले त्यो बराबरी गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । ७४औं मिनटमा पापा केबेले ललितपुरका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरे ।
विजेता बनेको ललितपुरले लिग उपाधिसहित ८० लाख हात पार्ने पक्का भएको छ । त्यस्तै उपविजेता पोखराले भने ३० लाखमा चित्त बुझाउने तय भएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न