
झापा । बुद्ध आदर्श माविको खेल मैदानमा आजदेखि सुरु भएको ‘लोकराज ढुंगाना स्मृति च्यालेञ्ज कप प्रतियोगिता २०८२’ को उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबलाई टाइब्रकेरमा ४–३ को गोलअन्तरले पराजित राजगढ फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमीफाइनल यात्रा तय गरेको छ ।
खेलको ५ औ मिनेटमा आयोजक टिमका राज क्षेत्रीले पहीलो गोल गरेका थिए तर २५ औ मिनेटमा राजगढ फुटबल क्लबका पवन बास्केले १ गोल गर्दै बराबरीमा पुर्याए । निर्धारित समय सम्म दुवै टिमले १–१ बराबरीमा सकिए पछी खेल टाइब्रकेरमा धकेलीएको थियो । खेलको म्यान अफ दि म्याच ाजगढ फुटबल क्लबका गोल रक्षक देवन भुजेल घोषित हुँदा नगद रु। १५०० रुपैयाँ प्राप्त गरका छन्। उनलाई गोल नेपाल डटकमका ब्राण्ड एम्बेस्टर जितु काकाले सो पुरस्कार प्रदान गरेका हुन। ्
आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्रिसंघका सदस्य समेत रहेका ढुंगानाको गत बर्ष निधन भएको थियो । उनले बुद्धशान्ति तथा खेलकुद क्षेत्रलाई पूर्याएको योगदान अतुलनिय रहेको भन्दै उनको सम्झनामा क्लबले फुटबल प्रतियोगिता गरिएको हो ।
एन्फा रेफ्री लोकराज ढुंगानाको स्मृतिमा स्थानीय आदर्श युवा क्लबले आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा गोल नेपाल डटकमका ब्राण्ड एम्बेस्टर जितु काकालाई सम्मान समेत गरिएको छ । उनले प्रवासमा रहेर समेत नेपाली फुटबलमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक क्लबका सचिव दुर्योधन सिंह राजपुत (देव)ले जानकारी दिए ।