News
एएफसी यु–१७ एसियन कपः उपाधिका लागि साउदी अरेबिया र उज्वेकिस्तान भिड्ने
काठमाडौं । एएफसी यु–१७ एसियन कपको फाइनलमा आयोजक साउदी अरेबिया र उज्वेकिस्तान उपाधिका लागि भिड्ने भएका छन् ।
दुवै टोली पूर्व विजेता पनि हुन् । साउदी अरेबियाले सन् १९८५ र १९८८ मा गरी दुईपटक यो उपाधि जितिसकेको छ भने उज्वेकिस्तानले सन् २०१२ मा यो उपाधि जितेको थियो ।
सेमिफाइनलतर्फ साउदी अरेबियाले गत संस्करणको उपविजेता तथा दावेदार दक्षिण कोरियालाई पेनाल्टी शुटआउटमा ३–१ ले हराएको थियो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
उता अर्को सेमिफाइनलतर्फ उज्वेकिस्तानले भने उत्तर कोरियामाथि ३–० को प्रभावशाली जित निकाल्दै फाइनल स्थान सुरक्षित गरेको थियो ।
फाइनल खेल आइतबार साउदी अरेबियाको तैफ शहर स्थित किंग फाद स्पोर्टस सिटी स्टेडियममा हुनेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट