
काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ आफ्नो अधिकांश खेल बराबरी खेलेको झापा फुटबल क्लबले बुधबार आफ्नो लिग चरणको अन्तिम खेलमा पनि बराबरी खेल्दै सिजनको समापन गरेको छ ।
प्ले अफ होडबाट बाहिरिसकेको झापाले बुधबार साविक विजेता ललितपुर सिटी फुटबल क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो र तेस्रो सिजनको समापन गर्यो ।
दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ५३औं मिनटमा नबिन लामाले ललितपुरका लागि शुरुवाती गोल गरे । तर त्यो गोलको अग्रता धेरैबेर टिक्न सकेन । ६५औं मिनटमा झापाका कप्तान लाकेन लिम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
यो नतिजापछि ६ खेलबाट १२ अंक जोडेको ललितपुर शिर्ष स्थानमा छ । र, प्ले अफका लागि यसअघि नै छनौट भईसकेको छ । पराजित झापा भने ५ अंकका साथ छैठौं स्थानमा छ र पुछारमा रहेको बुटवल लुम्बिनीसँगै प्ले अफ होडबाट बाहिरिसकेको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै