फेदाप । प्रथम रामनवमी मेला तथा धनलक्ष्मी रनिङ कप फुटबल प्रतियोगिताको शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा जित हात पार्दै मकालु फ्रेन्ड क्लब फाइनल प्रवेश गरेको छ।
मकालु फ्रेन्डले पोक्लाबाङ बजार ब्यवस्थापन समितिलाइ ३–१ ले हराउदै फाइनल पुगेको हो । मकालुको लागि जर्सि न ५ का रोहन गुरुङले २ गोल गरेका थिए भने एक गोल जर्सि न ९ का रोसन माझिले गरेका थिए ।
उता पराजित टोलि पोक्लाबाङ बजार ब्यवस्थापन समितिको लागि एक मात्र गोल हिटेन लिम्बुले फर्काएका थिए । खेलको म्यान अफ म्याच रोहन गुरुङ घोषित भए ।
मकालु फ्रेण्डले चैत्र ३० गते शनिबार हुने फाइनलमा जिरीखिम्ती युवा क्लबसँग उपाधिका लागि भिड्नेछ ।
रामनवमी मेला व्यवस्थापन समिति, फेदाप, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१००० हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि