काठमाडौं । नेपालको पुरानो खेल मध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन भोली शनिवार हुने भएको छ। ११ सदस्यिय कार्यसमितिका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई विच प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी उपाध्यक्ष पदमा नविन सुवाल र गौतम बहादुर मालाकार विच प्रतिस्पर्धा हुने भएको छ भने महासचिवमा डिकेन सुवाल र सतिश कृष्ण श्रेष्ठ भिड्ने भएका छन्। सचिवमा भने सुरेन्द्र कुमार श्रेष्ठ निर्विरोध भएका छन्। कोषाध्यक्षमा अनुज सिंह प्रधान र किरण शम्शेर राणा प्रतिस्पर्धामा उत्रिएका छन्।
त्यसैगरी ६ सदस्यिय सदस्य पदमा १० जनाले उम्मेदवारी दिएका छन्। जसमा मुरारी केसी, सुनिलभक्त जोशी, अमर श्रेष्ठ, श्याम नारायण माली, राजेन्द्र शाक्य, सर्वज्ञरत्न मानन्धर, योगेन्द्र मान श्रेष्ठ, सुन्दर थापा क्षेत्री, प्रज्वलकान्त मैनाली र अगम मान गुभाजु रहेका छन् ।
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने