News
धनलक्ष्मी रनिङ कप: जिरिखिम्ती फाइनलमा प्रवेश
फेदाप । यहाँ जारी रामनवमी मेला तथा धनलक्ष्मी रनिङ कप फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा जिरिखिम्ती युवा क्लब फाइनलमा प्रवेश गरेको छ।
जिरिखिम्तिले मेन्छ्यायेम गाउपालिकालाइ १:० ले हराउदै फाइनलमा प्रवेश गरेको हो ।
जिरिखिम्तिको लागि कप्तान बिसाल काफ्लेले दोस्रो हाफमा गरेको गोल नै खेलको निर्णायक गोल बन्नु पुग्यो। खेलको म्यान अफ म्याच बिसाल काफ्ले भएका थिए ।
आज दुइ सेमिफाइनल खेल हुने तालिका भएतापनि अत्याधिक बर्सा भएकाले अर्को सेमिफाइनल खेल भने भोलि शुक्रबार बिहान ११ बजे हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि