News चुलाचुलीमा हुने पालिकास्तरीय फुटबल प्रतियोगिताको तयारी पुरा (खेलतालिकासहित)
गोलनेपाल

चुलाचुली । गाउँपालिकास्तरीय युवा तथा खेलकुद समन्वय समिति, चुलाचुली, इलामको आयोजनामा आउँदो बैशाख ३ गतेदेखि शुरु हुने पालिकास्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

चुलाचुली–४, इलामस्थित बालज्योति खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा बैशाख ३ गतेका दिन चुलाचुली गाउँपालिका, इलाम (निलो) र कमल गाउँपालिका, झापा भिड्ने छन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल बैशाख १० गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

खेलतालिका पनि हेर्नुहोस् ।

Post Comments
Advertisement Yamaha Nepal