News
बराबरीमा रोकिएको चितवनको शिर्षता यथावत
काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ आफ्नो तेस्रो खेलमा जित नजिक पुगेर पनि बराबरीमा रोकिन पुगेको एफसी चितवनले लिगतालिकामा आफ्नो शिर्षतालाई भने कायम राखेको छ ।
आइतबार भएको खेलमा तिवनले झापा एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । खेलको १७औं मिनटमा टोरिक जेब्रिनको गोलबाट अग्रता बनाएको चितवनले त्यसलाई अन्तिम समयमा गुमाउन पुग्यो । खेलको अन्तिमतिर इन्जुरी समयमा पाएको पेनाल्टीलाई झापाका अल्हाजी गेरोले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
बराबरी नतिजापछि ३ खेलबाट ७ अंक जोडेको चितवन शिर्ष स्थानमा कायम छ । ५ अंकका साथ ललितपुर दोस्रो स्थानमा रहँदा एक खेल कम खेल्दै ४ अंक जोडेको धनगढी तेस्रो स्थानमा छ । उता चितवनलाई बराबरीमा रोकेको झापा भने ३ अंकका साथ चौथो स्थानमा उक्लेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै