News
एएफसी यु–१७ एसियन कपः ताजिकिस्तानको विजयी शुरुवात, इरान र उत्तर कोरियाको बराबरी
काठमाडौं । साउदी अरेबियामा जारी एएफसी यु–१७ एसियन कप छनोटतर्फ समूह डी मा ताजिकिस्तानले विजयी शुरुवात गर्दा सोही समूहमा रहेका अन्य दुई टोली इरान र उत्तर कोरियाले बराबरी खेलेका छन् ।
जेद्दाह शहरमा भएको समूह डी को पहिलो खेलमा ताजिकिस्तानले ओमानलाई २–१ ले पराजित गर्यो । त्यस्तै जेद्दाह मै भएको समूह डी तर्फको दोस्रो खेलमा इरान र उत्तर कोरियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।
समूह चरणतर्फको दोस्रो खेलमा ८ अप्रिलका दिन उत्तर कोरियाले ताजिकिस्तानको सामना गर्नेछ भने सोही दिन इरानले ओमानसँग खेल्नेछ ।
प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नुका साथै यस वर्ष हुने फिफा यु–१७ विश्वकपका लागि पनि सोझै छनौट हुने छन् ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट