News
प्ले अफ होडमा पोखरा, धनगढी र ललितपुर रोकिदा चितवनको शिर्षता कायम
काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ शनिबार दुई खेलहरु सम्पन्न हुँदा एकमा निश्चित जितको नतिजा निस्किएको छ भने अर्को खेल बराबरीमा टुंगिएको छ ।
दिनको पहिलो खेलमा पोखरा थन्डर्सले काठमाडौं रेजर्सलाई २–० ले हरायो । यो जितसँगै ३ खेलबाट ३ अंक जोड्दै पोखरा चौथो स्थानमा उक्लिएको छ र प्ले अफ खेल्ने सम्भावनालाई कायम राखेको छ । पराजित काठमाडौं भने २ अंकका साथ छैठौं स्थानमा झरेको छ ।
शनिबार नै भएको अर्को खेलमा दुई दावेदार टोली धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो बराबरी नतिजाले धनगढी र ललितपुर दुवै टोलीले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएका छन् ।
बराबरीपछि ३ खेलबाट ५ अंक जोडेको ललितपुर दोस्रो स्थानमा छ भने २ खेलबाट ४ अंक जोडेको धनगढी तेस्रो स्थानमा छ । शिर्ष स्थानमा भने २ खेलबाट ६ अंक जोडेको एफसी चितवन रहेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै