काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अप्रिल महिनाका लागि निकालेको ताजा वरियतामा नेपालको वरियता भने १७५औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियातर्फ पनि तेस्रो स्थानहा यथावत छ ।
नेपालले अन्तर्राष्ट्रिय फुटबलमा खेलेका पछिल्ला दुई खेलहरुमा एक खेलमा सिंगापुरसँग ऐतिहासिक जित हात पारेको थियो भने मलेसियासँग एसियन कप छनौटतर्फ हार बेहोरेको थियो ।
त्यस्तै एक स्थान तल खस्किदै १२७औं स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ । दुई स्थान तल झर्दै १६४औं स्थानमा पुगेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । वरियतामा यथावत रहेको भुटान पनि १८२औं स्थानका साथ दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।
त्यस्तै दुई स्थान सुधार गर्दै १८३औं स्थानमा उक्लिएको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १९८औं स्थानमा रहेको पाकिस्तान र २००औं स्थानमा श्रीलंका दक्षिण एसियातर्फ क्रमशः छैठौं र सातौं स्थानमा छ ।
त्यसैगरी विश्व वरियताको शिर्ष स्थानमा विश्व च्याम्पियन अर्जेन्टिना यथावत छ । एक स्थान सुधार गरेको स्पेन दोस्रो स्थानमा उक्लिदा एक स्थान तल झरेको फ्रान्स तेस्रो स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)