
लहान । संघर्षपुर्ण जितका साथ बेङ्गखाडी युवा क्लब, महोत्तरी यहाँ जारी तेस्रो लहान मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको क्वाटरफाइनलतर्फ बेङ्गखाडीले लहान फुटबल क्लब, लहान (रातो) लाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा बेङ्गखाडीले ४–३ को जित निकाल्न सफल भयो ।
खेलमा बेङ्गखाडीका गोलरक्षक सुशिल मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र १६ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल लहान एफसी, लहान (निलो) र पेमा युवा क्लब, बिराटनगरबीच हुने आयोजकले जानकारी दियो ।
हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २० गतेका दिन हुनेछ ।